नेपाल क्यानडा कल्चर एण्ड टुरीज्मले पश्चिम नेपला अर्थात लुम्बीनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा वेष्ट नेपला नामक कृति प्रकाशन गरेको छ । नेपलाको पर्यटन क्षेत्रमा विगत दश बर्ष देखि क्यडानाडमा बसोबास गरेर पर्यटन गतिविधी गर्दै आएका नरबहादुर टण्डनको अगुवाईमा वेष्ट नेपाल पुस्तक प्रकाशन गरेको छ ।
कर्णाली प्रदेशका पर्यटन दुत एव लेखक भरतबन्धु थापाले कतै स्थलगत रूपमा उपस्थित भएर त कतै हवाई साधनको प्रयोग गरी आफैँले खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्त्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्त्व राख्ने तस्बिरहरू यस कृतिमा समेटिएका छन् । यो पुस्तक पश्चिम नेपाल बुझन चाहनेहरुका लागि आँखीझयाल हुन सक्ने प्रकाशक नरबहादुर टण्डनले बताउनुभयो ।

305 thoughts on “वेष्ट नेपाल पुस्तक : पश्चिम नेपाल बुझन चाहनेहरुका लागि आँखीझयाल”